Section 26
केन्द्रको स्थापना
(१) फोहरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई प्राविधिक सहयोग पुर्याउन तथा तत्सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्न फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको स्थापना गरिनेछ ।
(२) केन्द्रको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।